कारोबार


दुई वर्षमा सबै नेपालीलाई उज्यालो पुर्‍याउँछौँ : उर्जामन्त्री पुन

दुई वर्षमा सबै नेपालीलाई उज्यालो पुर्‍याउँछौँ : उर्जामन्त्री पुन

नेपालखबर
भदौ १, २०७७ सोमबार ११:२६,

उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले दुई वर्षमा सबैलाई उज्यालो पुर्‍याउने बताएका छन्।

नेपाल विद्युत प्राधिकरणको ३५औं वार्षिकोत्सवको अवसरमा उनले १० प्रतिशत जनतामा अझै बिजुली पुग्न नसकेको बताए। नेपाल सरकारले गरेको प्रतिवद्धता र संकल्प अनुसार आगामी दुई वर्षमा सबैलाई बिजुलीको पहुँच पुर्याउने उनले बताए।

‘त्यसको लागि फ्रन्टलाइनमा नेपाल विद्युत प्राधिकरण रहने उनको भनाई छ। अहिले जतिसम्म बिजुलीको पहुँच पुगेको छ, चाहे त्यो घरेलु ग्राहक होस् वा औद्योगिक ग्राहक त्यसमा उनीहरुलाई अहिले समस्या रहेको छैन। सरकारले त्यसको व्यवस्थापन गरिरहेको छ’ उनले भने।

कुनै पनि संस्थाको समस्या समाधान गर्न आफैँमा चुनौती हुने र त्यसलाई अझ माथि लानु झनै चुनौती रहेको भन्दै मन्त्री पुनले नेपाल विद्युत प्राधिकरण अहिले आफैँसँग प्रतिस्पर्धा गरिरहेको बताए।

‘हाम्रो व्यवस्थापनले चुस्त काम गरेको छ। राम्रो व्यवस्थापकीय भूमिका निभाएको छ। अझ राम्रो गर्नको लागि आन्तरिक व्यवस्थापन, प्रशासनिक सुधार र खरिद व्यवस्थापन राम्रो गर्न हामी आफैँसँग प्रतिस्पर्धामा रहेका छौँ’ उनले भने, ‘कतिपय उत्पादनहरु भित्राउन विद्युत करिडोरहरु छैनन्। कतिपय निर्माणका कामहरु ढिलो भएका छन्। यसलाई सकरात्मक रुपमा लिएर हामीले काम गर्नुपर्ने छ।’

मन्त्री पुनले नेपालका सार्वजनिक संस्थाहरु धेरैले राम्रो काम गर्न सक्दैन भन्ने बहसचलिरहेको बेला नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय वणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंकलगायतले सुधार गरेर देखाएको बताए।

यसको कारण राजनीतिक भिजन र नेतृत्वको कार्यशैली रहेको उनले औँल्याए। अहिले केही संस्थानहरु आफैँ आफैँबीच नै प्रतिस्पर्धा गरिरहेका र कार्यकारी निर्देशकहरुलाई बिना हस्तक्षेप काम गर्ने वातावरण बनायो भने संस्थानहरु माथि जाने देखिएको उनको भनाई छ।

नेपालमा निजी क्षेत्रको पनि ७ खर्ब बराबरको लगानी रहेको भन्दै उनले स्वदेशी र विदेशी लगानीकर्ताहरुसँग हातेमाले गर्न सरकार तयार रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad