ad ad

राजनीति


भारतमा कोरोना खोप एउटा होइन, तीन–तीनवटा चाँडै तयार हुँदैछन् : मोदी

भारतमा कोरोना खोप एउटा होइन, तीन–तीनवटा चाँडै तयार हुँदैछन् : मोदी

नेपालखबर
साउन ३१, २०७७ शनिबार ४:१४,

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध आफ्नै देशमा तीनवटा खोप तयार भइरहेकाे दाबी गरेका छन्।

भारतको ७४औं स्वतन्त्रता दिवसका अवसरमा नयाँदिल्लीस्थित लालकिलामा शनिबार बिहान देशवासीलाई सम्बोधन गर्दै मोदीले कोरोना महामारीका कारण नागरिक चिन्तित रहेको भन्दै आफ्नै देशमा कोरोनाविरुद्ध एउटा होइन, तीन-तीनवटा खोप विकास भइरहेको बताएका हुन्।

उनले भने, ‘सबै जना खोप कहिले आउँछ भन्ने जान्न चाहन्छन्। म तपाईंहरूलाई बताउन चाहन्छु कि भारतमा एउटा होइन, तीन तीनवटा खोप अलग अलग चरणमा परीक्षण भइरहेका छन्। एकपटक स्वीकृति पाउनेबत्तिकै व्यापक मात्रामा खोप उत्पादन गर्नेछाैँ।’

तर उनले कुन-कुन खाेप कहिले तयार हुँदैछन् भन्नेबारे केही बताएनन्। बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .