ad ad

समाज


निद्रामै पहिरोले घर पुर्‍याे, दुई बालकको मृत्यु, एक घाइते

निद्रामै पहिरोले घर पुर्‍याे, दुई बालकको मृत्यु, एक घाइते

नेपालखबर
साउन ३१, २०७७ शनिबार ४:१६,

बागलुङमा पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु भएको छ।

निसीखोला गाउँपालिका-५ हारीगाउँमा गए राति दुई बजे पहिरोले घर पुरिँदा दुई बालकको घटना स्थलमै मृत्यु भएको हो।

निसीखोला गाउँपालिका-५ कारीगाउँकाका हिराबहादुर विकको घर पहिरोले पुरिँदा घरभित्र सुतिरहेका उनका १४ वर्षीय छोरा विरेन्द्र र ६ वर्षीय नाति प्रवेशको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा परेर हिराबहादुरकी पत्नी ५३ वर्षीया विलसरा विक घाइते भएकी छन्। उनलाई उपचारको लागि झिावाखोला पठाएको निसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लालमणी भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .