राजनीति


‘अमेरिकाको राष्ट्रपति कार्यालय बाहिर गोली चल्यो, कसैलाई अस्पताल लगियाे’

‘अमेरिकाको राष्ट्रपति कार्यालय बाहिर गोली चल्यो, कसैलाई अस्पताल लगियाे’

नेपालखबर
साउन २७, २०७७ मंगलबार ०:३२,

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस (राष्ट्रपति कार्यालय) बाहिर गोली चलेको बताएका छन्।

आफू ह्वाइट हाउसमा पत्रकारसँग कुराकानी गरिरहेका बेला बाहिर गाेली चलेकाे उनले बताएका हुन्।

साेमबार पत्रकार सम्मेलन भइरहेकै बेला उनका सुरक्षाकर्मीले उनलाई नजिकै आएर केही भनेपछि उनी पत्रकार सम्मेलन स्थलबाट भित्र गएका थिए।

त्यसकाे ९ मिनेटपछि फेरि पत्रकार सम्मेलन स्थलमा फर्केर ट्रम्पले पत्रकारसँग भने, ‘स्थिति नियन्त्रणमा छ।’

उनले अमेरिकी सिक्रेट सर्भिसका मानिसले कुनै हतियारधारी सन्दिग्ध व्यक्तिलाई गोली हानेको जस्तो लागेको बताए। त्यसपछि कसैलाई अस्पताल लगिएको उनकाे भनाइ छ।

ट्रम्पले भने, ‘ह्वाइट हाउस बाहिर गोली चलेको चलेको थियो। अहिले स्थिति नियन्त्रणमा छ। तर वास्तवमा गोली चलेको थियो र कसैलाई अस्पताल लगिएको थियो। तर मलाई उसको अवस्थाबारे जानकारी छैन।’

त्याे व्यक्ति किन आयाे भन्नेबारे आफूलाई जानकारी नभएको उनले बताए। गुप्तचर निकायले पनि गोलीकाण्ड भएको र थप विवरण आउन बाँकी रहेको जनाएकाे छ। बीबीसी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad