ad ad

राजनीति


‘कोरोनाविरुद्ध लड्न सरकार गम्भीर बन्ने’ भएपछि ईः ले तोडे अनशन

‘कोरोनाविरुद्ध लड्न सरकार गम्भीर बन्ने’ भएपछि ईः ले तोडे अनशन

नेपालखबर
साउन २५, २०७७ आइतबार ३:४७,

कोरोना महामारी नियन्त्रणमा सरकार गम्भीर नभएको भन्दै २३ दिनदेखि अनशनरत  ‘इनफ इज इनफ’ अभियन्ता ईः ले आज (आइतबार) बिहान अनशन तोडेका छन्।

स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच ८ बुँदे सम्झौता भएपछि २३ दिनका दिन उनले अनशन तोडेका हुन्। सम्झाैताका लागि स्वास्थ्य मन्त्रायलका प्रतिनिधि आइतबार बिहान ई: उपचाररत मण्डिखाटारस्थित हृयाम्स अस्पतालमै पुगेकाे अभियन्ताले जानकारी दिएका छन्। 

‘कोरोनाविरुद्ध लड्न सरकार गम्भीर बन्ने लिखित सम्झौतापछि सरकार र ईः बीच दोस्रोपटक सहमति भएको’ विवेकशील पार्टीका मिलन पाण्डेले आइतबार बिहानै ट्विट गरेर जानकारी दिएका छन्।

उनले अगाडि लेखेका छन्, ‘अब फेरि यही मुद्दामा कोही अनशन बस्न नपरोस्। अँध्यारो रातमा आशाको किरण बनेकामा धन्यवाद ई: सम्पूर्ण युवा साथीहरूलाई धन्यवाद। अबको युग युवा हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .