ad ad

समाज


पोखरामा कोरोना संक्रमित ६२ वर्षीय पुरुषको मृत्यु

पोखरामा कोरोना संक्रमित ६२ वर्षीय पुरुषको मृत्यु

नेपालखबर
साउन २५, २०७७ आइतबार ३:४९,

कोरोना भाइरस संक्रमणको कारण पोखरामा एक पुरुषको मृत्यु भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा पोखरा महानगरपालिका-१९ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको हो।

प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यका अनुसार उनको गएराति साढे ११ बजे मृत्यु भएको हो। स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पाइएको थियो।

मेधुमेहका समेत बिरामी ती पुरुषमा स्वास्थ्यमा थप समस्या देखिएपछि १७ साउनमा अस्पताल भर्ना भएका थिए।

आईसीयूमा राखेर उपचार गरिए पनि उनलाई बनाउन नसकिएको आचार्यले बताए। यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ।

पोखरामा मात्रै अहिलेसम्म तीन संक्रमितले ज्यान गुमाइसकेका छन्। संक्रमणको कारण ज्यान गएको पछिल्लो घटनाको भने स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .