राजनीति


प्रधानमन्त्री ओलीको पीसीआर रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री ओलीको पीसीआर रिपोर्ट नेगेटिभ

नेपालखबर
साउन २३, २०७७ शुक्रबार १६:१,

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

आज बिहान परीक्षणका लागि स्वाब लिइएकोमा प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ आएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

ओलीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी ७ जनाको स्वाब लिइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो।

प्रधानमन्त्री ओली लगायत उच्च तहका नेतालाई काठमाडौंमा भेट गरेर साउन १७ गते फर्केका प्रदेश नम्बर २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवलाई बुधबार संक्रमण देखिएको थियो।

प्रहरी समायोजन सम्बन्धी छलफलका लागि जनकपुरबाट काठमाडौं आएका यादवसमेत प्रधानमन्त्री, गृहमन्त्री, सातवटै प्रदेशका आन्तरिक मामिला मन्त्री, प्रहरी प्रमुखलगायतको बैठक भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad