समाज


एकै घरका तीन जना संक्रमित देखिएपछि भरतपुरको पुतलीबजार सिल

एकै घरका तीन जना संक्रमित देखिएपछि भरतपुरको पुतलीबजार सिल

नेपालखबर
साउन २३, २०७७ शुक्रबार १६:१८,

भरतपुर महानगरपालिका–१ पुतलीबजारमा एउटै परिवारका ३ जना सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि स्थानीय साे क्षेत्र सिल गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भिमसेन मन्दिर, मिनिसो मार्ग चोक र मेन रोड क्षेत्रको अन्दाजी १०० घर शुक्रबार साँझदेखि अर्को सुचना नभए सम्मको लागि सिल गरिएको हो।

प्रहरीले उल्लेखित क्षेत्र बाहेक स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउँदै सार्वजानिक र निजी कार्यक्रमहरु बाहेक पसल, होटल रेष्टुरेण्ट, सार्वजनिक यातायात जिल्ला भित्र खुला रहेको जनाएको छ

होटल, रेष्टुरेण्ट, मल, पसल, ब्यापारिक केन्द्र, सेवा प्रदायक संस्ठा, सार्वजानिक यातायात सञ्चालकले आफ्ना ग्राहकहरु, सेवाग्राही वा यात्रूहुरुलाई अनिवार्य मास्क लगाउन, सामाजिक दूरी कायम राख्न तथा आफू गएका स्ठानको बारेमा निगरानी गर्न लगाउन प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .