ad ad

राजनीति


जनता समाजवादी पार्टीको बैठक तुलसीलाल प्रतिष्ठानमा

जनता समाजवादी पार्टीको बैठक तुलसीलाल प्रतिष्ठानमा

नेपालखबर
साउन २१, २०७७ बुधबार १३:११,

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी (जसपा)कोे केन्द्रीय कार्यकारिणी समितिको पहिलो बैठक बुधबार देखि सुरु भएको हो।

ललितपुरको च्यासल स्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बैठक सुरु भएको हो। बैठकको पहिलो दिन नेताहरुबीच परिचय आदानप्रदान भएको केन्द्रीय सदस्य मनिष सुमनले बताए। उनले पार्टीको राजनीतिक प्रतिवेदन, अनुशासन आचारसंहिता, पार्टीको समायोजन कार्यनिर्देशिका, र समसामयिक राजनीतिक परिस्थिति लगायतका विषय बैठकको एजेण्डा रहेको बताए।

बैठकमा दुई पार्टीको एकता पछिको संगठन समायोजन र पदाधिकारीको कार्यविभाजनका सम्बन्धमा पनि छलफल हुने छ। त्यस्तै पार्टी एकीकरण पछि विधि विधान अनुसार संघीय संसदीय दलमा संयुक्त नेता चयन हुने र प्रदेश संसदमा पनि दलका नेता चयन हुने भएकाले प्रदेश सरकारमा पर्ने असरको सम्बन्धमा पनि छलफल हुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .