ad ad

राजनीति


प्रचण्डलाई वामदेवको जवाफ : पार्टी एकताप्रति दृढ छु, कुनै पनि गुटमा लाग्दिनँ

प्रचण्डलाई वामदेवको जवाफ : पार्टी एकताप्रति दृढ छु, कुनै पनि गुटमा लाग्दिनँ

नेपालखबर
साउन २१, २०७७ बुधबार ८:१७,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यष वामदेव गौतमले आफू कुनै पनि गुटमा नलाग्ने बताएका छन्।

म‌ंगलबार आफ्नै निवासमा  भेट्न आएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उपाध्यक्ष गौतमले आफू एकताको पक्षमा दृढ रहेको र कुनै पनि गुटमा नलाग्ने बताएका हुन्।

पार्टीभित्र देखिएको विवादमा केहिले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली त कहिले प्रचण्ड–नेपाल समूहमा देखिँदै आएका गौतमले पछिल्लो समय प्रधानमनत्री ओली घरमै भेट्न आउँदा पनि आफू कुनै गटमा नलाग्ने जवाफ दिएर पठाएका थिए।

मंगलबार प्रधानमन्त्री ओलीलाई भेट्नका लागि बालुवाटार निस्कन लागेका उपाध्यक्ष गौतमलाई अध्यक्ष प्रचण्डले फर्काएर उनकै निवासमा ४० मिनेट छलफल गरेका थिए। पार्टीभित्रको विवाद उतकर्ष र फुटको संघारमा पुगेका बेला अध्यक्ष प्रचण्ड गौतमलाई भेटन् पुगेका थिए।

भेटमा पार्टीसँग सम्बन्धित केही समसामयिक विषयमा संक्षिप्त कुराकानी भएको उपाध्यक्ष गौतमका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिएका छन्। प्रचण्डसँगको भेटमा उपाध्यक्ष गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट परेको सुवेदीले जानकारी दिए।

‘क. प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ?’ भनी सोध्नुभयो’, बुधबार सामाजिक सञ्जाल फेसबुकमा सुवेदीले लेखेका छन्, ‘उपाध्यक्ष क. वामदेव गौतमले ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष क. प्रचण्डलाई बिदा गर्नुभयो।’

साउन १३ गतेका लागि बोलाइएको स्थायी समिति बैठक अध्यक्ष एवं प्रधानमन्त्री ओलीले एकतर्फि रुपमा स्थगित गरेपछि बहुमत सदस्यलाई लिएर प्रचण्डले बैठक सञ्चालन गरेका थिए।

उपाध्यक्ष गौतमले पार्टीभित्रको विवाद समाधान गर्न ओली पूरै कार्यकाल प्रधानमन्त्री बन्ने र प्रचण्डलाई अधिकार सम्पन्न अध्यक्ष बनाउनुपर्ने सहितका ६ बुँदे प्रस्ताव राखेका थिए। सो प्रस्तावलाई दुवै पक्षले स्वीकार गरेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .