सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ।
आइतबार र सोमबारको छलफलमा कुनै सहमति नभइ उठेका दुई अध्यक्षबीच केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो। छलफलमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी छन्।
पार्टीभित्र देखिएको विवाद सचिवालयबाट समाधान गर्ने प्रधानमन्त्री समेत रहेका ओलीले प्रस्ताव गरेपछि प्रचण्डले त्यसलाई अस्वीकार गरेर जारी स्थायी कमिटीको बैठकबाटै विवाद समाधान गर्नुपर्ने अडान लिएपछि दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा बैठक अनिश्चित बनेको छ।
यसअघि आजै बिहान अध्यक्ष प्रचण्ड प्रचण्डले उपाध्यक्ष वामदेव गौतमसँग भैँसेपाटी पुगेर ४० मिनेट छलफल गरेका थिए।

प्रतिक्रिया