राजनीति


प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा देउवाले पेश गरे ७ बुँदे सुझाव

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा देउवाले पेश गरे ७ बुँदे सुझाव

नेपालखबर
साउन २०, २०७७ मंगलबार १०:२५,

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको विज्ञसहितको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७ बुँदे सुझाव पेश गरेका छन्।

कोरोना संक्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न प्रधानमन्त्रीले विज्ञ तथा दलका नेताहरुलाई बोलाएर मंगलबार छलफल गरेका हुन्।

छलफलका क्रममा उनीहरुले विभिन्न सुझाव पेश गरेका थिए।

कांग्रेस केन्द्रीय कार्यालका अनुसार देउवाले बैठकमा पेश गरेका लिखित सुझाव तथा मागहरु यस्ता छन्ः
१) हालसम्मका कमजोरी र प्रगतिको गहिरो समिक्षा गरियोस्। स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कार्वाही गरियोस्।

२ ) नेपाली कांग्रेसले विगत देखिनै अघि सारेका माग तथा परिवर्तित स्थितिमा निम्न बिषय सम्बोधन गरेर युद्धस्तरमा कार्य गर्न बिशेष ध्यानाकर्षण गराउँदछु।

क) आरडीटी परिक्षण स्थायी रुपले अन्त्य।
ख) सम्पूर्ण रुपले पीसीआर परीक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परीक्षण तत्काल प्रारम्भ गर्ने गरी आवश्यक बन्दोबस्त।
ग) स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध। अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता। आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध।
घ) मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र ब्यवस्थापन।
ङ) विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरि क्वारेन्टिन र परीक्षण पश्चात् घर पुर्‍याउने ब्यवस्था।
च) नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सीमा नाका सिल।
छ) सुरक्षाका लागि मास्क लगाउने अनिवार्यता सँगै चेतनामूलक अभियानमा आम सञ्चारका माध्यमको व्यापक प्रयोग।

३) परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न विज्ञहरुसंँग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता राखियोस्।

४) विभिन्न दल, संघसंस्था र आम सञ्चार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस्।

५) उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस्।

६) विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गरियोस्।

७) वर्ग, क्षेत्र र परिस्थिति हेरि राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन ब्यवस्थित ढंगले गरियोस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad