समाज


कोरोना परीक्षणको दायरा बढाउँदै काठमाडौँ महानगर

कोरोना परीक्षणको दायरा बढाउँदै काठमाडौँ महानगर

नेपालखबर
साउन २०, २०७७ मंगलबार १०:२८,

बन्दाबन्दी खुलेसँगै पछिल्लो समय कोभिड–१९ संक्रमितको संख्या बढेपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ।

साउन १४ गते कोरोना संक्रमण पुष्टि भएका वडा १४ र २८ जनप्रतिनिधि, कर्मचारी, वडामा नियमित आवतजावत गर्ने व्यक्ति र बिरामीको सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गरिएको कामपाले जनाएको छ।

सोमबार वडा २८ का ६५ जना र वडा १४ का ३२ जनाको गरी ९७ जनाको पीसीआर परीक्षण गरिएको कामपाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए। यही १४ गते वडा २८ मा चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएका व्यक्तिका एक जना घरधनी वडामा सेवा लिन आएपछि संक्रमणको जोखिम बढेकाले परीक्षण गरिएको हो।

त्यसैगरी वडा नं १४ मा पनि सर्लाहीबाट आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। सरकारले बन्दाबन्दी खोलेपछि पछिल्लो समय देशभरि नै कोरोना संक्रमण बढिरहेको छ। वडा २७ मा संक्रमितको सम्पर्कमा रहेका ३०२ जनाको साउन १३ गते कोरोना परीक्षण गराइएको थियो। परीक्षणका क्रममा २० दिनअघि भारतको सीतामढीबाट आएका एक महिलामा सङ्क्रमण पोजेटिभ देखिएको थियो। उनीबाट पहिले उनका भाइमा संक्रमण सरेपछि उनीहरुको सम्पर्कमा रहेकालाई खोज्दै १५ जनालाई परीक्षण गरिएको थियो।

संक्रमणको दर बढेपछि कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जात्रा पर्व पनि घरमा नै विधि पु¥याएर मनाउनसमेत आग्रह गरेका छन्। ठूलो जमातमा संक्रमण फैलिए त्यसलाई न्यूनीकरण गर्न समस्या हुने भन्दै प्रमुख शाक्यले आज एक विज्ञप्ति जारी गरी सबै नगरवासीलाई आग्रह गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad