ad ad

राजनीति


भारतीय मिडिया भन्छः हाम्रो लिपुलेक नजिक चिनियाँ जनमुक्ति सेनाको गतिविधि बढ्यो

भारतीय मिडिया भन्छः हाम्रो लिपुलेक नजिक चिनियाँ जनमुक्ति सेनाको गतिविधि बढ्यो

नेपालखबर
साउन १७, २०७७ शनिबार १२:१४,

हालै नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेट्नै नयाँ नक्सा जारी गरेपछि भारत नेपालसँग रुष्ट बनेको छ।

भारतले लिपुलेक, लिम्पियाधुरा र कालापनी आफ्नो भएको दाबी गरिरहँदा नेपालले आफूसँग यी क्षेत्र नेपालको रहेको प्रमाण भएको बताइरहेको छ।

यस विषयमा कुटनीतिक छलफल गर्नुपर्ने नेपालले बताइरहँदा भारतले भने यस विषयमा तत्काल छलफल गर्न आनाकाना गरिरहेको छ। भारतले कोरोना प्रकोप अन्त्य भएपछि मात्र छलफल गर्ने बताएको छ।

भारतले चीनको उक्साहटमा लागेर नेपालले भारतीय भूमिलाई आफ्नो नक्सामा समेटेको आरोप लगाइरहेको छ।

यस्तै नेपालले नक्सामा समेटेको यी भूभागलाई भारतले विवादित क्षेत्र भएको बताइरहँदा भारतीय संचार माध्यमले भने ‘भारतको लिपुलेक नजिक चिनियाँ सेनाको गतिविधि बढ्यो’ भनेर समाचार सम्प्रेषण गरेका छन्।

हिन्दुस्तान टाइम्सले हालै यस्तै शीर्षकमा समाचार सम्प्रेषण गरेको छ जहाँ लिपुलेकलाई भारतीय भूभाग भनिएको छ।

हाल चीन र भारतबीच सीमा विवाद उत्कर्षमा पुगेको छ। साथै नेपाल चीनको कठपुतली बनेको भारतीय अरोप छ।

लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा गत जुन १५ मा मात्र भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो।

उक्त झडपका क्रममा २० भारतीय सेनाको मृत्यु भएको थियो भने चिनियाँ पक्षमा भएको हताहती बारे हालसम्म केही जानकारी दिइएको छैन।

भारतले चीनका ४० सेना मारिएको दाबी गरेपनि बेइजिङले उक्त भनाइ अस्वीकार गरेको थियो।

पछिल्लो समय नेपालले कालापानी नजिकै सशस्त्र प्रहरी बल तैनाथ गर्न थालेको छ र हालै चीनले लिपुलेक नजिकै एक हजारको हाराहारीमा जनमुक्ति सैनिक तैनाथ गरेको समाचार आएका छन्।

यसबीचमा चीन र नेपाल भारतविरुद्ध लागेको भनेर भारतीय मिडियाले बताइहेका छन्। त्यस्तै भारतीय राजनीतिज्ञ तथा विश्लेषकहरुको पनि यस्तै किसिमका भनाइ सार्वजनिक भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .