ad ad

राजनीति


चीनसँगको सीमामा ३५ हजार सैनिक थप्दै भारत

चीनसँगको सीमामा ३५ हजार सैनिक थप्दै भारत

नेपालखबर
साउन १५, २०७७ बिहिबार ९:३३,

भारतले चीनसँगको विवादित सीमा क्षेत्रमा ३५ हजार सैनिक थप गर्ने भएको छ।

भारत र चीनबीच ३ हजार ४ सय ८८ किलोमिटर लामो वास्तविक नियन्त्रण रेखा (एलएसी) छ।

जुन १५ मा लद्दाखमा दुई मुलुकका सैनिकबीच झडप हुँदा २० भारतीय सैनिकको ज्यान गएको थियो। त्यसयता दुवै मुलुकले सीमामा सैनिक संख्या र हतियारमा वृद्धि गरेका छन्। भारतले सीमाक्षेत्रमा ट्यांकलगायत ठूला हतियार पु¥याएको छ।

यही झडपपछि भारतले फ्रान्सबाट ३६ वटा राफेल लडाकु विमान छिटो किन्ने निर्णय गरेको थियो। जसमध्ये ५ वटा विमान बुधबार भारत आइपुगिसकेका छन्।

सीमामा सैनिक थप्ने कार्यले भारतको रक्षा खर्च पनि वृद्धि हुने बताइएको छ। पाकिस्तानतर्फ पनि भारतको ७ सय ४२ किलोमिटर लामो सीमाक्षेत्र छ, जहाँ उसले ठूलो संख्यामा सेना तैनाथ गरेको छ। त्यस्तै, जम्मु र कस्मिरमा पनि उसले भारी संख्यामा सैनिक परिचालन गरेको छ। त्यसमाथि यी क्षेत्रहरुमा हिउँदका बेला तापक्रम अत्यन्त कम हुने गर्छ। ब्लुमवर्ग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .