अटो


सुजुकीका गाडीमा ग्राहकको आकर्षण बढिरहेको छ : करुन शाक्य

सुजुकीका गाडीमा ग्राहकको आकर्षण बढिरहेको छ : करुन शाक्य

नेपालखबर
साउन १५, २०७७ बिहिबार ९:२६,

लकडाउनपछि खुलेको अटो बजारमा सुजुकीका गाडीप्रति मानिसको चासो बढेको छ। कम्पनीले ल्याएको आकर्षक स्किमका कारण सुजुकीका गाडीको माग बढेको नेपालका लागि अधिकृत बिक्रेता सीजी मोटोकर्पले जनाएको छ।

कोभिडपछि ‘प्यासेन्जर भेहिकल’मा धेरैको चासो बढ्ने अटो व्यवसायीले आँकलन गरिरहेका थिए। लकडाउन खुकुलो भएको डेढ महिनापछि व्यवसायीहरुले गाडीप्रति मानिसको चासो बढे पनि खरिद गरिहाल्ने वातावरण अझै नबनेको बिक्रेता कम्पनीले जनाएको छ।

सीजी मोटो कर्पका सिनियर मार्केटिङ मेनेजर करुन शाक्यले गाडी बुझ्न आउने ग्राहक बढी भएको तर माग अझै कम रहेको बताए।

कोभिड–१९ पछि मानिसलाई आफ्नै गाडी चढ्नुपर्छ भन्ने सोचको विकास भए पनि बैंकिङ सहजता नहुँदा मानिसहरुलाई गाडी किन्न अप्ठ्यारो परेको उनको भनाइ छ।

‘कम्पनीहरुले स्किम ल्याएपछि ग्राहकमा गाडीप्रति ‘इन्टरेस्ट’ बढेको छ’, शाक्यले नेपालखबरसँग भने, ‘तर राम्रो टेकअफ गरेको छैन।’

vitara brezza 22

अटो व्यवसायीले सरकारलाई आर्थिक चाप पनि परिरहेको र अटो व्यवसायलाई चलायमान बनाउन मौद्रिक नीतिमा सम्बोधन हुने विश्वास गरेका थिए।

व्यवसायीले नाडा, महासंघ, सीएनआई, चेम्बरलगायतका व्यवसायीहरुको छाता संगठनमार्फत डाउन पेमेन्ट कम गर्न सरकार तथा राष्ट्र बैंकलाई आग्रह गरेका थिए। नाडाले ९० प्रतिशत डाउन पेमेन्टमै गाडी खरिद गर्नसक्ने व्यवस्था गर्नुपर्ने माग गरेको थियो।

‘मौद्रिक नीतिले मानिसलाई गाडी किन्न सहयोग गर्ला भन्ने आशा गरेका थियौँ कुनै कुरा सम्बोधन भएन’, शाक्यले भने, ‘सरकारलाई कोभिडको अवस्थामा अटो बजार चलायमान बनाउन डाउनपेमेन्ट घटाउनुपथ्र्यो। राजस्व घटाएन ठीकै थियो तर डाउनपेमेन्ट घटाई गाडी किन्छु भन्नेलाई वातावरण त बनाउनुपर्यो नि!’

अहिले ५० लाख पर्ने गाडी किन्न २५ लाख तिरेर बाँकी ऋण (किस्ता) तिरे पाइने व्यवस्था छ तर व्यवसायीहरुले १०÷१५ लाख तिरेर बाँकी किस्ता तिर्ने गरी गाडी किन्न पाउने नीतिगत व्यवस्था माग गर्दै आएका छन्।

ग्राहकलाई सहज बनाउन सुजुकीको ‘नयाँ सुरुवात’
कोभिड १९ महामारीको समयमा आफ्ना मानिसको सुरक्षाका लागि र कार खरिद गर्ने सपनालाई साकार बनाउन सुजुकीले यो अफर ल्याएको छ।

सुजुकीले २ लाख २५ हजार रुपैयाँसम्म आकर्षक नगद छुटसहित ‘नयाँ सुरुवात’ स्किम ल्याएको हो।

यो स्किमअन्तर्गत ग्राहकले न्यूनतम ३ लाख ७९ हजार ९ सय रुपैयाँ डाउनमेपेन्टदेखि सुजुकीका पेसेन्जर कार र २ लाख ९९ हजार ७५० रुपैयाँ डाउनपेमेन्टदेखि सुजुकीका कमर्सियल गाडी खरिद गर्न सक्नेछन्।

यो योजनामा डाउनपेमेन्टमा सुजुकीका पेसेन्जर कार खरिद गर्दा मात्र १३ हजार नौ सय १३ रुपैयाँदेखि र कमर्सियल मोडेल खरिद गर्दा मात्र नौ हजार सात सय ३४ रुपैयाँदेखि मासिक किस्ता तिर्नुपर्ने हुन्छ। फरक सुजुकीका मोडेलमा फरक डाउनपेमेन्ट र मासिक किस्ता लागू हुने सीजी मोटोकर्पले जनाएको छ।

त्यस्तै एक्सचेन्ज भ्यालुएसन र एक वर्षको इन्स्योरेन्सको व्यवस्था समेत गरेको छ। फरक सुजुकीका मोडेलमा फरक नगद छुट, एक्सचेन्ज भ्यालुएसन र इन्स्योरेन्स लागू हुने शाक्यले जानकारी दिए।

maruti suzuki baleno

सुरक्षित विधि अपनाई व्यवसाय सञ्चालन
सीजी मोटोकर्पले कोभिडपछि व्यवसाय कसरी सञ्चालन गर्ने भनेर लकडाउनको समयमा नै तयारी गरेको शाक्यले बताएका छन्।

‘लकडाउनको समयमा नै हामीले के ग¥यौँ भने प्यारेन्ट कम्पनी भारत र जापानसँग समन्वय गरी कोभिडपछि कसरी व्यवसाय सञ्चालन गर्ने, सुरक्षाका विधी कसरी अपनाउने भन्ने विषयमा लकडाउनको समयमा कर्मचारीलाई तालिम समेत दिएका थियौँ’, उनले भने।

हाल व्यवसाय सञ्चालनमा आएपछि कर्मचारी तथा ग्राहकको तापक्रम चेक गर्ने, शोरुममा प्रवेश गर्ने सबैलाई मास्क, पञ्जा अनिवार्य गरेको कम्पनीले जनाएको छ। त्यसबाहेक शोरुम र गाडीमा ‘कस्टमर भिजिट’पछि स्यानिटाइज गर्ने काम गर्दै आएको शाक्यले जानकारी दिए।

s presso

‘अटो बजार दशैँपछि माथि उठ्छ’
शाक्यले अटो बजार रिकभर हुन समय लागे पनि दशैँपछि माथि उठ्ने बताए।

उनले भने, ‘दशैँसम्म त अहिलेकै स्थिति रहन्छ। अटोबजार पहिलेको जस्तै फुल्ली रिकभरी हुन अझै समय लाग्छ।’

शाक्यले गाडीसम्बन्धी बुझ्नको लागि शोरुममा आउने ‘ट्रेन्ड’ परिवर्तन भएको बताए।

‘लकडाउनअघि गाडीसम्बन्धी बुझ्नको लागि शोरुममै आउनुहुन्थ्यो। लकडाउपछि आउने ग्राहकले पहिला गाडीको विषयमा अनलाइनबाट बुझ्ने र माइन्ड मेकअप गरिसकेपछि फाइनल डिसिजनका लागि मात्रै शोरुम छिर्ने प्रवृत्तिको विकास हुँदै गएको छ’, उनले भने।

s cross

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .