ad ad

राजनीति


सरिता गिरी हटाइएपछि रिक्त पदमा लिलादेवी सिटौला सांसद

सरिता गिरी हटाइएपछि रिक्त पदमा लिलादेवी सिटौला सांसद

नेपालखबर
साउन १४, २०७७ बुधबार ७:३२,

समाजवादी पार्टीका तर्फबाट सांसद बनेकी लीलादेवी सिटौलाले बुधबार पद तथा गोपनीयताको शपथ लिएकी छन्।

सभामुख अग्निप्रसाद सापकोटाले बुधबार सिंहदरबारमा सिटौलालाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

liladevi upendra sapath

समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसद सरिता गिरीलाई कारवाही गरेपछि सिटौलालाई निर्वाचित गरेको जानकारी सोमबार निर्वाचन आयोगले संसदलाई दिएको थियो।

सरिता गिरीलाई कारवाही गरेपछि रिक्त रहेको समानुपातिक तर्फको सांसद पदमा सिटौलालाई नियुक्त गर्न सामाजवादी पार्टीले संघीय संसदलाई सिफारिस गरेको थियो।

liladevi Baburam sapath 1

नेपालले लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरेपछि त्यसलाई संविधानमा समेट्न संविधान संशोधन गर्दा गिरी त्यसबिरुद्ध उभिएपछि पार्टीले उनलाई कारवाही गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .