ad ad

राजनीति


भारतलाई दार्चुलाका सीडीओको पत्रः कालापानी क्षेत्र नेपालकै हो, अवरोध नगर्नू

भारतलाई दार्चुलाका सीडीओको पत्रः कालापानी क्षेत्र नेपालकै हो, अवरोध नगर्नू

नेपालखबर
साउन १४, २०७७ बुधबार ७:३९,

भारतले अतिक्रमण गरेको नेपाली भूमिमा नेपालीलाई नै अवरोध गर्ने गरी पत्र पठाएपछि नेपालले पनि त्यसको जवाफ दिएको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारीले भारतको धार्चुलाको इलाका प्रशासनलाई पत्र पठाउँदै नावी, कुटी र गुन्जी नेपालकै भएको र आफ्नो देशमा आफ्ना नागरिकलाई अवरोध नगर्न भनिएको छ।

‘सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५ एवं त्यस समयमा प्रकाशित नक्साहरु साथै ऐतिहासिक तथ्य र प्रमाणहरुको आधारमा काली नदी र सो पूर्वका लिम्पियाधुरा, कुटी, नावी, गुन्जी, कालापानी र लिपुलेक लगायतका क्षेत्रहरु नेपालको भूभाग रहेको कुरा स्पष्ट नै छ’, दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोख्रेलले लेखेको पत्रमा भनिएको छ, ‘उल्लिखित नेपाली भूभागहरुमा नेपालीको आवतजावत स्वाभाविक नै रहेको र त्यसमा कहीँ कतैबाट बाधा अड्चन हुनुहुँदैन भन्ने नेपाल सरकारको धारणा रहेको विषय जानकारी गराउँछु।’

यसअघि भारतको इलाका प्रशासन कार्यालयलाई यसबारे कुनै जावफ नदिने बताएका प्रमुख जिल्ला अधिकारी पोख्रेलले गृह मन्त्रालयको निर्देशनपछि भारतलाई पत्रको जवाफ फर्काएका हुन्।

भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेपछि नेपालले त्यसको विरोध गरेको छ। यस्तै नेपालले आफ्नो मिचिएको लिम्पियाधुरा, लिपुलेक, कालापानी समेत समेटेर नयाँ नक्सा जारी गरेको छ।

सो नक्सा संविधानको अनुसूचीमा रहेको निशान छापमा राख्न गरिएको संविधान संशोधन पनि संसदबाट सर्वसम्मत पारित भएपछि भारतले त्यसको विरोध जनाउँदै आएको छ।

यो विषयलाई दुवै देशले वार्ताको माध्यमबाट समाधान गर्ने भने पनि भारतले त्यस क्षेत्रमा कसैलाई प्रवेश नदिन भन्दै पछिल्लोपटक पत्राचार गरेको थियो।

त्यसको जवाफमा नेपालले त्यो क्षेत्र नेपालकै भएको पुनः स्मरण गराउँदै पत्रको जवाफ दिएको हो।

यो पनि :
दार्चुलाका सीडीओ भन्छन् : लिपुलेक क्षेत्रमा आवागमनबारे मैले भारतलाई किन जवाफ दिने?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .