ad ad

राजनीति


इरानले नक्कली अमेरिकी युद्धपोत खडा गर्दै क्षेप्यास्त्रले ध्वस्त बनायो

इरानले नक्कली अमेरिकी युद्धपोत खडा गर्दै क्षेप्यास्त्रले ध्वस्त बनायो

नेपालखबर
साउन १४, २०७७ बुधबार ७:२४,

रणनीतिक हिसाबले महत्वपूर्ण मानिएको स्ट्रेट अफ हर्मुजमा इरानले सैन्य अभ्यास गरेको हो।

इरान र अमेरिकाबीच विवाद भइरहेको समयमा इरानले नक्कली अमेरिकी युद्धपोत खडा गर्दै त्यसलाई क्षेप्यास्त्रे ध्वस्त पारिएको बीबीसीले जनाएको छ।

प्रोफेट मोहम्मद १४ औं नाम दिइएको यस सैन्य अभ्यासलाई इरानको सरकारी टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो।

स्ट्रेट अफ हर्मुज अमेरिकाको सहयोगी राष्ट्र मानिएका इराक, साउदी अरब, यूएइ, ओमान नजिकका क्षेत्रमा पर्दछ।

यो खाडी क्षेत्रको समुन्द्रमा अमेरिकी जहाजहरु पनि चल्छन्।

इरानले सैन्य अभ्यास गर्दा ठूलो आगोका झिल्काहरु देखिएपछि अमेरिकाले नजिकका दुई आफ्ना अस्थायी सैन्य क्याम्पलाई सतर्क रहन निर्देशन दिएको थियो।

अमेरिकी नौसेनाले इरानले सैन्य अभ्यास गरेपछि यस कार्यलाई गैरजिम्मेवारपूर्ण र लापरवाही व्यवहार भएको बताएको छ।

सैन्य अभ्यासमा नक्कली अमेरिकी युद्धक विमान र युद्धपोत समुद्रमा खडा गरिएको थियो जसलाई इरानी क्षेप्यास्त्रले आक्रमण गरी ध्वस्त बनाएको थियो।

गत जनवरीमा अमेरिकाले इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि दुई देशबीचको विवाच उत्कर्षमा पुगेको छ।

अमेरिकाले सुलेमानी आतंकवादी भएको र उनले अमेरिकामा आक्रमण गर्ने योजना बनाएपछि आफूले उनलाई आक्रमण गरेको अमेरिकी प्रतिक्रिया थियो।

देशभक्त कमाण्डरको हत्या गरेपछि आफूले अमेरिकासँग बदला लिने इरानले त्यसबेला बताएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .