ad ad

राजनीति


जारी स्थायी कमिटीको निरन्तरता नभई यो बहुमत सदस्यको बैठक हो : प्रचण्ड

जारी स्थायी कमिटीको निरन्तरता नभई यो बहुमत सदस्यको बैठक हो : प्रचण्ड

नेपालखबर
साउन १३, २०७७ मंगलबार ८:५६,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी स्थायी समितिको निरन्तरता नभई बहुमत सदस्यहरुको बैठक भनी बालुवाटारमा बैठक सञ्चालन गरेका छन्।

पार्टीमा दुर्घटना हुन नदिन त्यसो गरिएको प्रचण्डले सो बैठकमा जानकारी गराएका छन्।

‘त्यहि बैठकको निरन्तरता भन्दा दुर्घटना हुनसक्ने संभावना भएकोले त्यसो नभनी बहुमत सदस्यहरुको बैठक भनौं भनी अध्यक्ष प्रचण्डले बैठक सञ्चालन गर्नुभएको छ,’ सहभागी एक स्थायी समिति सदस्यले नेपालखबरसँग भने, ‘अध्यक्ष ओलीले दुई अध्यक्षात्मक प्रणालीमाथि धावा बोल्नुभयो, उहाँले जसरी स्थगित गर्नुभयो त्यो बैधानिक छैन भनी प्रचण्डले भन्नुभयो।’

प्रचण्डले ओलीसँग ‘बैठक नरोकौं, कोभिड–१९ बारे छलफल गरौं, भोली सचिवालय बैठक गरेर फेरि नयाँ ढंगबाट संवाद थालौं’ भनी प्रस्ताव गर्दा ओली त्यसका लागि तयार नभएको उनले बैठकमा जानकारी गराएका थिए।

ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेको भनी प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायत ओलीइतर नेताहरु बालुवाटार पुगेका थिए।

बालुवाटारमा दुईअध्यक्षबीच छलफल भएपछि प्रचण्डले त्यहाँ उपस्थित नेताहरुको बैठक राखेका हुन्।

बैठकमा २८ जना स्थायी कमिटी सदस्यहरु उपस्थित रहेका ती नेताले बताए।

प्रचण्डले सो बैठकमा धारणा राख्दै अहिले जुन अवस्था सिर्जना भयो त्यो चिन्ताजनक भन्दै फेरि पनि संवादबाटै निकास खोज्नुपर्ने बताएका थिए।

महासचिव विष्णु पौडेल लगायत ओलीपक्षीय स्थायी कमिटी सदस्यहरु भने सो बैठकमा सहभागी भएनन्।

याे पनि:
प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु
ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेको भन्दै नेकपा नेताहरु पुगे बालुवाटार
यस्तो छ नेकपा संसदीय दलको गणित, को सांसद कता? (सूची)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .