रकम नभएको खाताको चेक दिएर लाखौं ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट जिल्ला साविक थानापति गाविस वडा नं ९ हाल ललितपुर महानगरपालिका–१४, तिखिदेवल बस्ने वर्ष ४३ को पारस लोहनी रहेका छन्।
खातामा रकम नभएको जानी जानी चेक दिएर आकाश लामिछाने समेत दुई जनालाई ठगी गरेको अभियोगमा उच्च अदालत पाटनको मिति २०७६।१०।२९ गतेको फैसलाले लोहनीलाई २५ दिन कैद र २४ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो।
फरार रेहेका लोहनीलाई प्रहरीले सोमबार काठमाडौंको मातातिर्थमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया