नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गर्दै तीजगीत बजारमा आइरहेको बेला अर्को एक गीत पनि थप भएको छ। विकृतिजन्य गीतहरुको भिडमा कोरोना भाइरसको कारण यस वर्षको तीज पर्व आफ्नै श्रीमानसँग मनाउने भाव प्रस्तुत गीतमा समाबेस गरिएको छ।
‘यस वर्ष तीजमा बुढीसँगै ब्रत बस्ने हो’ बोलको गीत समिर आचार्यको प्रस्तुतिमा रहेको छ।
गायिका प्रिती आलेले बिभिन्न युवावर्ग लक्षित गीतहरुबाट विवाद खेपी रहँदा यस गीतले भने उनलाई केही हदसम्म सुरक्षित राख्न सफल हुने देखिन्छ। प्रीतिको साथमा समिर आचार्यको पनि यस गीतमा सुमधुर स्वर सुन्न सकिन्छ। गायक समिर अहिले प्रवासमा रहेका छन्।
गीतलाई लय प्रस्तुतकर्ता एवं गायक समिर आचार्यले नै गरेका हुन् भने शब्द भानुभक्त कटुवालको रहेको छ।
नेपाली मौलिकतामा आधारित यस गीतको म्युजिक भिडियोमा करिश्मा ढकाल र शिब खड्काको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ। भिडियोलाई निर्देशन प्रतिकले गरेका हुन् भने छायांकन तथा सम्पादन सुर्य लामाले गरेका छन्।
प्रतिक्रिया