ad ad

राजनीति


नेकपा दुर्घटना नजिक पुग्यो : योगेश भट्टराई

नेकपा दुर्घटना नजिक पुग्यो : योगेश भट्टराई

नेपालखबर
साउन १३, २०७७ मंगलबार ८:५०,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले पार्टीभित्र देखिँदै आएको विवाद दुर्घटना नजिक पुगेको बताएका छन्।

मंगलबारका लागि बोलाइएको स्थायी कमिटी बैठक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा स्थगित गरेपछि अहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसीरहेको छ।

बैठकमा सहभागी हुन जानुअघि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै पार्टीभित्रको विवाद दुर्घटना नजिक पुगेको बताएका हुन्।

उनले दुर्घटना टार्नका लागि अहिलेकै अवस्थामा सबै रोकिन र थप सल्लाह गर्न समेत आग्रह गरेका छन्। ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔँ। सल्लाह गरौँ’, सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्।

असार १० गते बसेको स्थायी समिति बैठकमा बोल्ने अधिकांश सदस्यहरुले केपी शर्मा ओलीले पार्टी र सरकार दुवै राम्ररी चलाउन नसेको भन्दै दुवै पदबाट राजीनामा माग गरेका विवाद उत्कर्षमा पुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .