राजनीति


कांग्रेस नेता पौडेल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

कांग्रेस नेता पौडेल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

नेपालखबर
साउन १३, २०७७ मंगलबार ८:४२,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र चिनियाँ राजदूत होउ यान्छीबीच भेट वार्ता भएको छ।

नेपाल र चीनबीच औपचारिक सम्बन्ध स्थापना भएको ६३औँ वर्षगाँठको अवसरमा राजदूत यान्छीले नेता पौडेलसँग भेटवार्ता गरेकी हुन्।

भेटमा बीपी कोइराला र माओत्से तुङका पालादेखि नै कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धको चर्चा भएको बताइएको छ।

त्यस्तै चीन सरकारले कोभिड १९ नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोभिड नियन्त्रणका लागि यथेष्ट सहयोग गर्नेबारे चर्चा भएको नेता पौडेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad