ad ad

समाज


चार लाख घुससहित भैरहवाबाट दुई जना रंगेहात पक्राउ

चार लाख घुससहित भैरहवाबाट दुई जना रंगेहात पक्राउ

प्रकाश न्यौपाने
साउन १३, २०७७ मंगलबार ८:५१,

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले दुई जनालाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको छ ।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा विमानस्थलमा कार्यरत कार्यालय सहयोगी विश्वनाथ यादव र मोतियार महेन्द्र यादवलाई सिद्धार्थनगर नगरपालिका ५ सेन्चुरी बैंकबाट रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यालय प्रवक्ता सुरेश भुसालले जानकारी दिए।

अख्तियारका अनुसार सेवाग्राहीबाट ४ लाख घुस लिँदै गर्दा उनीहरुलाई घुस रकमसहित पक्राउ गरिएको हो। सेवाग्राहीसँग घुस लेनदेन गर्न कार्यालय सहयोगी र मोतियार यादवद्वय सेन्चुरी बैंक पुगेका थिए । लगत्तै कारोबार हुनलाग्दा अख्तियार टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

यहाँ निर्माण भइरहेको विमानस्थलमा अहिलेसम्म २१ अर्ब ५० करोड रुपैयाँ बढी मुआब्जा वितरण भइसकेको छ। विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिएको जमिनको मुआब्जा वितरण गर्न २३ अर्ब रुपैयाँ लाग्ने जनाइएको छ। विमानस्थलमा कार्यरत कर्मचारीले मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै चलखेल गरिरहेको गुनासो पटक–पटक आउने गरेको थियो। पक्राउ परेका यादवद्वयमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भुसालले जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .