राजनीति


चिनियाँ प्रभाव बढेको भन्दै न्युजिल्याण्डले हङकङसँगको सुपुर्दगी सन्धि त्याग्यो

चिनियाँ प्रभाव बढेको भन्दै न्युजिल्याण्डले हङकङसँगको सुपुर्दगी सन्धि त्याग्यो

नेपालखबर
साउन १३, २०७७ मंगलबार ७:३७,

हालै मुख्य क्षेत्र चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेको छ। यस कानुन लागू भएसँगै अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, जापान लगायतका मुलुकले चिनियाँ कार्यको विरोध गरेको छ।

यस कानुन लागू गरेर चीनले हङकङको स्वतन्त्रता खोसेको यी देशहरुको आरोप छ। चीनले भने हङकङको मामिलामा चीनको विरोध गरिनु आन्तरिक मामिलामाथिको हस्तक्षेप भएको बताउँदै आएको छ।

सन् १९९७ मा चीनलाई हङकङ सुम्पने बेला बेलायतले चीनसँग हङकङलाई ५० वर्षसम्म स्वतन्त्रता प्रदान गर्न सम्झौता गरेको थियो।

त्यसयता हङकङमा एक देश दुई प्रणाली लागू भएको थियो। तर २३ वर्ष नपुग्दै चीनले हङकङको स्वतन्त्रता खोसेको विभिन्न देशको आरोप छ।

यसबीचमा न्युजिल्याण्डले हङकङसँगको सुपुर्दगी सन्धि त्याग गरेपछि मंगलबार न्युजिल्याण्डस्थित चिनियाँ दूतावासले एक विज्ञप्ती निकाल्दै भनेको छ,‘यस कार्य आन्तरिक मामिलामाथिको हस्तक्षेप हो।’

यसअघि सुरक्षा कानुन कार्यान्वयनमा आएसँगै क्यानडा, अस्ट्रेलिया र बेलायतले हङकङसँगको सुपुर्दगी सन्धिलाई त्यागेको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad