सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बहुमत स्थायी कमिटी सदस्यहरुले बैठकको तयारी गरेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई छलफलका लागि बोलाएका हुन्।
आजका ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक प्रधानमन्त्री ओलीले तयारी नपुगेको भन्दै एकतर्फी रुपमा स्थगित गरेपछि बहुमत सदस्यले बैठक राख्ने तयारी गरिरहेका थिए।
प्रधानमन्त्री ओलीसँग अहिले अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल पनि छलफलमा रहेको स्रोतले जनाएको छ।
‘बैठक राख्ने तयारी भइरहेका बेला प्रधानमन्त्रीले छलफलमा बोलाउनुभयो', स्रोतले नेपालखबरसँग भन्यो, ‘प्रचण्डसँगै वरिष्ठ नेता खनाल पनि जानुभएको छ।’
स्थायी समितिका अन्य नेताहरु अहिले पनि बैठक कक्षमै बसिरहेका छन्।

प्रतिक्रिया