अमेरिका र चीनबीच हाल दक्षिण चीन सागरको विषयमा साथै अन्य धेरै विषयमा विवाद छ। यसबीचमा दक्षिण चीन सागरको विषयमा अस्ट्रेलियाले अमेरिकाको साथ दिएको हो।
अस्ट्रेलियाले आफ्नो घोषणा संयुक्त राष्ट्रसंघमा बुझाउँदै दक्षिण चीन सागरमा चीनको दाबी अस्वीकार गर्ने बताएको छ।
अमेरिकाले पहिल्यैबाट उक्त सागरमा चिनियाँ दाबी अवैधानिक भएको बताउँदै आएको थियो। दक्षिण चीन सागरको अधिकाँश क्षेत्रमा चीनको नियन्त्रण छ।
चीनसँगै ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान तथा भियतनामले पनि यस सागर आफ्नो भएको दाबी गर्दछ।
यसबीचमा अमेरिकाले हालै आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि भन्दै यस विवादित जल क्षेत्रमा सैन्य अभ्यास गरेको थियो।
चीनले अमेरिका यस क्षेत्रको दाबीकर्ता नभएको र उसले यस क्षेत्रमा सैन्य अभ्यास गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताएको थियो।
अमेरिकाले भने आफ्ना सहयोगी राष्ट्रको सुरक्षा गर्नु आफ्नो कर्तव्य भएको बताउँदै आएको छ।
चीनले यस विवादित जल क्षेत्रमा कृतिम टापु पनि खडा गरिसकेको छ। जहाँ चिनियाँ सेनाहरु तैनाथ छ। कृतिम टापु खडा भएपछि अन्य दाबीकर्ता देशहरुले चीनको आलोचना गर्दै आएको छ। एजेन्सी

प्रतिक्रिया