नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारको कारणले हत्या, हिंसा, र भ्रष्टाचारका गतिविधिहरु बढीरहेको आरोप लगाएका छन्।
नेपाली कांग्रेस तरुण विभागले काठमाडौँमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खडकाले सरकार र सत्तारुढ दलको नेतृत्वमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका गतिविधिहरु भइरहेको बताए।
सरकारको रबैया र आन्तरिक खिचातानीका कारण जनताले दुःख पाएको उल्लेख गर्दै महामन्त्री खड्काले सरकारलाई खबरदारी गर्ने कुरामा कांग्रेस कमजोर नरहेको बताए। कांग्रेसले प्रतिपक्षको भूमिका निभाउन नसकेको गुनासो रहे पनि कांग्रेसले शान्तिपूर्ण राजनीतिमार्फत सरकारलाई खबरदारी गरिरहेको उनले बताए।
महामन्त्री खड्काले सरकारका गलत निर्णय र सत्तारुढ दलको रबैयाले निराशामा रहेका जनतालाई भरोसा दिन तरण दलले काम गर्नुपर्ने बताए।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरुलाई धमाधम पूर्णता दिइरहेका छन्। सभापतिमा निर्वाचित भएको लामो समयसम्म गठन हुन नसकेका विभागलाई देउवाले महाधिवेशन नजिकिँदै गर्दा पूर्णता दिएका हुन्। पार्टी आगामी महाधिवेशनको तयारीमा जुटिरहेका बेला सबै विभागका पदाधिकारीहरु सक्रिय हुन थालेका छन्।
Shares

प्रतिक्रिया