समाज


स्वदेश फर्कनका लागि साउदी अरेबियाले दिन थाल्यो भिसा

स्वदेश फर्कनका लागि साउदी अरेबियाले दिन थाल्यो भिसा

नेपालखबर
साउन १०, २०७७ शनिबार ११:४२,

साउदी अरेबियाले कोरोना संक्रमणका कारण रोकिएको बहिर्गमन भिसा जारी गर्न सुरु गरेको छ। गत पुस, माघ र फागुनमा स्वदेश फर्किनका लागि आवेदन दिएका नेपालीको भिसा जारी हुन थालेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाएका वा नवीकरण नगरेका कारण स्वदेश फर्किन नसकेका नेपालीलाई तत्काल भिसा दिन साउदी सरकारलाई दूतावासले आग्रह गरेको थियो।

वहिर्गमन भिसाका लागि राजदूतावासले नेपालीहरुबाट संकलन गरेका विवरण साउदी सरकारलाई उपलव्ध गराएको भए तापनि कोरोना संक्रमणका कारण प्रक्रिया अवरूद्ध भएको थियो।

यो प्रक्रिया अब सुरु भएको दूतावासले शनिबार एक सूचना मार्फत जानकारी गराएको छ। प्रक्रिया सुरु भएसँगै साउदी सरकारले हालसम्म ४९८ जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरेको छ।

बहिर्गमन भिसा जारी भएकाहरुले आगामी अगस्ट ५, ६, ७ र ८ तारिकमा नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानमार्फत नेपाल फर्काइने तयारी गर्न पनि दूतावासले अनुरोध गरेको छ।

वहिर्गमन भिसाका लागि आवेदन दिन बाँकी रहेका वा नवीकरण नभएकाहरुका लागि पछि सूचना जारी गरी आवेदन लिइने दूतावासले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad