राजनीति


‘धिक्कार छ दुईतिहाइ सरकार’ भन्दै उदयपुरको बेलका नगरपालिकाकी उपमेयरले गरिन् राजीनामा घोषणा

‘धिक्कार छ दुईतिहाइ सरकार’ भन्दै उदयपुरको बेलका नगरपालिकाकी उपमेयरले गरिन् राजीनामा घोषणा

नेपालखबर
साउन ८, २०७७ बिहिबार १:४४,

उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिने घाेषणा गरेकी छन्।

बुधबार साँझ फेसबुकमा स्टाटस लेख्दै जनतासँग माफी माग्दै पद पार्टीलाई हस्तान्तरण गर्ने जानकारी गराएकी हुन्। 

‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु। कालो कर्तुतहरूका विषयमा कार्यान्वयन हुँदैन। धिक्कार छ, दुईतिहाइ सरकार!’

उनले विषयवस्तु भने खुलाएकी छैनन्। 

चौधरी तत्कालीन नेकपा एमालेबाट २०७४ सालको स्थानीय तहको निर्वाचनबाट उपमेयरमा निर्वाचित भएकी हुन्। स्रोतका अनुसार नगरपालिकामा कर्मचारीको विषयमा विवाद भएको छ। 

यस्तै बेलका नगरपालिका फेसबुक अकाउन्टबाट पनि उपमेयर चाैधरीले राजीनामा दिने घाेषणा गरेकाे जानकारी दिइएकाे छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad