अभिनेता राजेश हमालका भाइ राकेश हमालको निधन भएको छ।
अभिनेता हमाललले भाइको मृत्यु भएको जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन्। उनले भाइको निधनमा दुःख व्यक्त गरेका छन्। राकेश कलेजोका विरामी थिए।
राकेशको बुधबार भारतको नयाँ दिल्लीमा रहेको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो। केही समय अगाडि ह्याम्स अस्पतालमै राकेशको कलेजोको प्रत्यारोपण गरिएको थियो।
राकेशको निधनप्रति उनका दाइ राजेश हमालसहितका कलाकारले सामाजिक सञ्जालमा दुःख व्यक्त गरेका छन्।
राजेश हमालले भाइलाई काकु भनेर सम्बोधन गर्दै चिरशान्तिको कामना गरेका छन्।

प्रतिक्रिया