प्रतिनिधि सभाकी नवनियुक्त समानुपातिक सांसद सुवर्ण ज्वारचनले आज पद तथा गोपनीयताको शपथ लिएकी छन्।
सभामुख अग्निप्रसाद सापकोटाले गुल्मीकी ज्वारचनलाई आइतबार संसद सचिवालयमा संसद सदस्यको शपथ दिलाएका हुन्।
नेपाली कांग्रेसबाट समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त रहेको प्रतिनिधि सभा सदस्यको पदमा ज्वारचनलाई नियुक्त गरिएको हो।
छन्त्यालको असार १७ मा निधन भएको थियो।
याे पनि:
सांसद ज्ञानकुमारी छन्त्यालको निधन
प्रतिक्रिया