बागलुङ नगरपालिका–३ गुठीमा रेस्टुराँ सञ्चालन गरी बस्दै आएका ओखलढुंगाका ४४ वर्षीय रामचन्द्र भट्टराई तीन दिनदेखि बेपत्ता भएका छन्।
बागलुङ जिल्ला सदरमुकामस्थित बागलुङ बजारको गुठीमा लामो समयदेखि गौरीशंकर रेष्टुराँ सञ्चालन गर्दै आएका सरल प्रकृतिका भट्टराई बजारदेखि नै बेपत्ता भएको उनकी छोरी सृष्टिले जानकारी दिए।
भट्टराई हराएको भनी प्रहरीमा जानकारी गराइएको छ। खोजीका लागि सबैलाई सहयोग गर्न सृष्टिले आग्रह गरे। भट्टराईलाई भेटेमा मोबाइल नं ९८६७६८४१७७ र ९८४५५३३६६२ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ। रासस
प्रतिक्रिया