कारोबार


निगमले १४५ जना कर्मचारीलाई जागिरबाट निकाल्यो, ५ कराेड जाेगिने

निगमले १४५ जना कर्मचारीलाई जागिरबाट निकाल्यो, ५ कराेड जाेगिने

नेपालखबर
साउन ४, २०७७ आइतबार ७:१३,

नेपाल वायुसेवा निगमले १४५ जना कर्मचारीलाई जागिरबाट निकालेको छ।

कोभिड १९ को प्रभावले निगमको आम्दानी नभएको भन्दै करारमा भएका कर्मचारीलाई निकालेको निगमले जनाएकाे छ।

करारमा रहेका ४७८ कर्मचारीमध्ये १४५ जनाकाे करार नवीकरण नगरिएको निगमले बताएको छ।

‘नेपाल वायुसेवा निगममा करारमा करिब ४७८ जना कर्मचारी रहेका छन्’, निगमकी  प्रवक्ता अर्चना खड्काले नेपालखबरसँग भनिन्, ‘प्रशासन तर्फका १४५ जना कर्मचारीको साउन १ गतेबाट नवीकरण भएको छैन।’

उनले प्राविधिक र आवश्यकता हेरेर बाँकी कर्मचारीको नवीकरण गरिएकाे पनि जानकारी दिइन्।

क्याविन क्रु, पाइलटहरु नै करारमा रहेकाले नवीकरण गरिएको निगमले जनाएको छ । 

निगममा आव २०७६/७७ मा १४ सय ९१ कर्मचारी रहेकोमा सामान्य सेवा विभागमा १५५, विमान मर्मत १०९, सामान्य प्राविधिक ३४, उडान सञ्चालन १८० गरी जम्मा ४ सय ७८ जना रहेका छन् ।

असार मसान्तमा करार अवधि समाप्त भएका २२५ कर्मचारीमध्ये तत्काल आवश्यक रहेका ८० जनाको नवीकरण गरी बाँकी १४५ जना कर्मचारीको सेवा नवीकरण नगर्ने निर्णय गरेको छ ।

निगमको मूल आम्दानीको स्रोतको रुपमा रहेको ग्राउण्ड ह्याडलिङबाट हुने आय करिब ९० प्रतिशत घटेकाले कर्मचारी कटौती गरेको निगमले दाबी गरेको छ ।

‘काम नभएका र तुरुन्त काममा लगाउन नसकिने करार सेवाका कर्मचारीहरुको नवीकरण नगरिएको हो,’ निगम बोर्ड सञ्चालक सदस्यले भने ‘यसबाट निगमले वार्षिक रुपमा करिब ५ करोड रुपैयाँ खर्च जोगिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad