राजनीति


बालुवाटारमा ओली, प्रचण्ड र नेपालबीच छलफल

बालुवाटारमा ओली, प्रचण्ड र नेपालबीच छलफल

नेपालखबर
साउन १, २०७७ बिहिबार ६:३९,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तीन शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल सुरु भएको छ।

बिहीबार मध्यान्ह पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको हो।

बुधबार बसेको दुई अध्यक्षबीचको छलफलमा बिहीबार बिहान ११ बजे पुनः छलफल गर्ने सहमतिअनुरुप नै आजको बैठक बसेको अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले बताए।

‘दुई अध्यक्षबीच निर्धारित समयमा नै बैठक सुरु भएको हो र पछि वरिष्ठ नेता माधवकुमार नेपाल पनि बैठकमा सहभागी हुनुहुन्छ’, सापकोटाले नेपालखबरसँग भने।

अध्यक्ष ओली र प्रचण्डबीच पाटीभित्र देखिएको विवाद समाधानमा भएको निरन्तरको छलफलामा कुनै सहमति नभएपछि आज तीन नेताहरुबीच छलफल हुन लागेको हो।

१० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ।

विवादकै कारण आसर १८ गते यता स्थायी समितिको बैठक निरन्तर सर्दै आएको छ। पछिल्लो पटक साउन २ गतेका लागि बैठक तोकिएको भए पनि बस्ने नबस्ने. कुनै टुंगो छैन। आजको तीन नेताबीचको छलफलमा स्थायी समिति बैठक र विवाद समाधानको विषयमा छलफल हुने वरिष्ठ नेता नेपालनिकट एक नेताले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad