राजनीति


ओलीसँग वार्ताअघि खुमलटारमा प्रचण्डले गरे आफूनिकट सचिवालयका नेताहरुसँग छलफल

ओलीसँग वार्ताअघि खुमलटारमा प्रचण्डले गरे आफूनिकट सचिवालयका नेताहरुसँग छलफल

नेपालखबर
साउन १, २०७७ बिहिबार ६:०,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूनित सचिवालय सदस्यहरुसँग छलफल गरेका छन्।

बिहीबार बिहान अध्यक्ष प्रचण्डले आफ्नै निवासमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल गरेका हुन्।

पार्टीभित्र जारी विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग लगातार वार्तामा रहेका अध्यक्ष प्रचण्ड र अन्य नेताहरुबीच एक घण्टा जति छलफल भएको खुमलटार स्रोतले बताएको छ।

‘अध्यक्ष प्रचण्डसहित सचिवालका पाँँच नेताहरुले बिहान झण्डै एक घण्टाजति छलफल गर्नुभएको छ’, स्रोतले नेपालखबरसँग भन्यो।

मंगलबार र बुधबार प्रधानमन्त्री ओलीसँग लामो छलफल गरेका प्रचण्डले प्रधानमन्त्रीले अडान नछाडेपछि आफूनिकट सचिवालय सदस्यहरुसँग छलफल गरेका हुन्।

खुमलटार छलफलपछि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँग वार्ताका लागि बालुवाटार पुगेका छन्।

पार्टीमा बढेको विवाद समाधानका लागि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच लगातार छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन। १० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad