समाज


सिन्धुपाल्चोक पहिरो अपडेट : दुईको शव भेटियो, तीन बेपत्ता

सिन्धुपाल्चोक पहिरो अपडेट : दुईको शव भेटियो, तीन बेपत्ता

नेपालखबर
साउन १, २०७७ बिहिबार ६:५७,

 सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा बिहीबार बिहान २ बजे आएको पहिराबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ। अन्य तीन जना बेपत्ता भएका छन्।

मृत्यु हुनेमा ३४ वर्षीया निमास्याङ्बो शेर्पा र १६ वर्षीया आङ्जी शेर्पा छन्।

बेपत्ता भएका चौरासी वर्षीया सोमबुटी शेर्पा, ४८ वर्षीया सोमसाङ शेर्पा र १२ वर्षीया छिरिङ शेर्पाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

मृत्यु हुनेमा स्थानीयवासी ग्याल्जेन शेर्पाका श्रीमती र छोरी हुन्। उनीकी आमा, बहिनी र छोरी बेपत्ता भएका हुन्। ग्याल्जेन भने काठमाडौँमा बस्दै आएकाले बाँच्न सफल भएको वडाध्यक्ष सानदोर्जे शेर्पाले बताए।

पहिराले एक घर र एक विद्यालयमा क्षति पुगेको, अन्य १८ घर उच्च जोखिममा रहेको तथा ६० परिवार विस्थापित भएको बताइएको छ।

 आज बिहान पानी परिरहेको र ठाउँठाउँका बाटो बिग्रेकाले स्थानीय नारायणस्थानमा रहेको प्रहरीचौकीबाट घटनास्थलमा तीन घण्टा पैदल यात्रापछि प्रहरी पुगेको थियो। बेपत्ताको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीद्वारा खोजी जारी रहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad