राजनीति


जनसंख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको छ : स्वास्थ्यमन्त्री ढकाल

जनसंख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको छ : स्वास्थ्यमन्त्री ढकाल

नेपालखबर
असार २७, २०७७ शनिबार ६:५५,

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनसंख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।

२५औँ विश्व जनसंख्या दिवसको अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उनले जनसंख्या वृद्धिमा सन्तुलन, प्रजनन स्वास्थ्यमा सुधार, प्रजनन अधिकारको पृष्ठपोषण, बालविवाहमा कमी, सुरक्षित मातृत्वलगायतका क्षेत्रमा प्रगति गरिसकेको समेत बताए।

मन्त्री ढकालले जनसंख्या विकासको मूल आधार मात्र नभई देशको अस्तित्व स्थापना गर्ने एक मूल मापक रहेको उल्लेख गर्दै जनसंख्या र विकाससँग जोडिएका महत्वपूर्ण बहुआयामिक क्षेत्रहरुको नीति, निर्माण र कार्यक्रम सञ्चालन गर्ने सरकारको प्राथमिकता रहेको बताए।

उनले जनसंख्याका क्षेत्रमा राम्रा काम गरे पनि केही सुधार गर्नुपर्ने औल्याउए। ‘सन्तुलित जनसंख्याको वितरण र प्रभावकारी जनसंख्या व्यवस्थापनको मार्गमा जनसङ्ख्याका खासखास सूचकहरुमा सुधार गर्नुपर्ने अवस्था छ’, उनले भने, ‘सेवासुविधाकै अभावका कारण नागरिकले जन्मथलो छाडेर अन्यत्र बसाइँसराइ गर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि सबै ठाउँमा आवश्यक पूर्वाधारहरुको निर्माण गरी व्यवस्थित बसोबासलाई मिलाएर अव्यवस्थित शहरीकरण रोक्नेतर्फ सरकारले ध्यान दिइरहेको छ।’

देशको आधा हिस्साभन्दा बढी संख्यामा रहेका महिलाको स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता, रोजगारीजस्ता विषयहरुमा राज्यले विशेषरूपमा ध्यान दिन सकेमा मुलुकको विकासमा यसले ठूलो योगदान पु¥याउन सकिने उनको भनाइ थियो।

विश्वभरि नै मनाउन थालिएको दिवसको नारा ‘कोभिड–१९ सङ्क्रमणको पूर्ण अन्त्य गरौँ, महिला र किशोरीहरुको स्वास्थ्य र अधिकार सुरक्षित गरौँ’ रहेको छ। सन् १९८७ मा विश्वको जनसंख्या पाँच अर्ब पुगेको स्मरण गर्दै सन् १९८९ मा नेपालसहित १७९ सदस्य राष्ट्रहरुले यो दिवस मनाउन थालेका हुन्। नेपालको जनसंख्या तीन करोड पुगेको छ। त्यसमध्ये शहरमा २१.४ प्रतिशत रहेको मन्त्रालयका जनसंख्या महाशाखा प्रमुख शैलेजा रेग्मीले जानकारी दिइन्। यसैगरी नेपाल विश्वको जनसङ्ख्याको ४९ औँ स्थानमा रहेको छ। नेपालको औसत आयु ७१.७४ रहेको छ। प्रतिहजारमा २३.४ जना शिशु मृत्युदर रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad