वर्षाको सरुवातमै बाढी पहिराले ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् व्यवस्थापन समितिको बैठक बोलाएका छन्।
बैठक बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतका सहभागी छन्।
पछिल्लो एक हप्तादेखि देशभर अविरल रुपमा परेको बर्षासँगै आएको पहिरोले ठूलो जनधनको क्षति भएको छ। शुक्रबारमात्रै देशभरमा २६ जनाको मृत्यु हुनुका साथै ४१ जना बेपत्ता रहेका छन्।

प्रतिक्रिया