ad ad

राजनीति


कोरोना पुष्टि भएपछि बोलिभियाकी राष्ट्रपतिले भनिन् : आइसोलेसनमै बसेर काम गर्छु

कोरोना पुष्टि भएपछि बोलिभियाकी राष्ट्रपतिले भनिन् : आइसोलेसनमै बसेर काम गर्छु

नेपालखबर
असार २६, २०७७ शुक्रबार १२:३६,

बोलिभियाकी अन्तरिम राष्ट्रपति जेनिन अनेज चाभेजलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनलाई बिहीबार  कोरोना संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन्।

‘मलाई कोरोनाभाइरसको संक्रमण भएको छ, मैले सामान्य महसुस गरेको छु र आइसोलेसनमै बसेर मैले मेरो काम गर्नेछु’, उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्। बोलिभियाका स्वास्थ्य मन्त्री, केन्द्रीय बैंकका प्रमुख र राष्ट्रपति कार्यालयका प्रशासन प्रमुखलाई पनि कोरोना भाइरसको संक्रमण भएको यसअघि नै पहिचान गरिएको थियो।

यसअघि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो पनि कोरोना भाइरसबाट संक्रमित भएको समाचार सार्वजनिक भएको थियो। विश्वभरी अहिलेसम्म एक करोड २१ लाखभन्दा बढी मानिस कोरोनाभा इरसबाट संक्रमित भएका छन्। ती मध्ये पाँच लाख ५२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

बोलिभियामा भने कोरोना भाइरसबाट सक्रमितको संख्या झण्डै ४३ हजार पुगेको छ भने मृत्यु भएकाहरुको संख्या एक हजार पाँच सयभन्दा बढी पुगेको छ। रासस÷एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .