ad ad

राजनीति


शिक्षा मन्त्रालयले गर्‍यो वैकल्पिक सिकाइ पद्धतिको समीक्षा, यस्ता आए सुझाब

शिक्षा मन्त्रालयले गर्‍यो वैकल्पिक सिकाइ पद्धतिको समीक्षा, यस्ता आए सुझाब

नेपालखबर
असार २५, २०७७ बिहिबार १२:३९,

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक सिकाइ पद्धतिको समीक्षा गरेको छ।

मन्त्रालयले यही असार १ गतेदेखि वैकल्पिक पद्धतिको माध्यमबाट सिकाई कार्यक्रम कार्यान्वयनमा ल्याएको थियो। वैकल्पिक सिकाई पद्धति के कति कार्यान्वयन भयो? विद्यार्थीहरुले त्यसलाई के कसरी लिएका छन्? त्यसबाट के कति उपलब्धि भयो भन्नेबारे मन्त्रालयले जानकारी लिएको हो।

बिहीबार मन्त्रालयमा सिकाइ निर्देशिकाको कार्यान्वयनबारे सात प्रदेशको जिम्मेवारी लिएका मन्त्रालयका ७ सहसचिवले प्राप्त सुझाबलाई मन्त्री गिरिराजमणि पोखरेल समक्ष प्रस्तुत गरेका थिए।

मन्त्री पोखरेलले निर्देशिकाको कार्यान्वयनबारे जानकारी लिन गत साता मन्त्रालयका सात सहसचिवलाई सात प्रदेशको जिम्मेवारी तोकेका थिए।

वैकल्पिक सिकाय पद्धतिको कार्यान्वयनको प्रभावकारिता, समस्याहरू, निर्देशिकाले समेट्नु पर्ने विषय आदिमा समीक्षा भएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए।

सहसचिवहरुले नयाँ सिकाइ पद्धतिलाई विद्यार्थीहरुले अनलाइन कक्षाका रुपमा मात्रै बुझेको पाएको बताएका थिए। उनीहरुले सिकाइ निर्देशिकालाई नयाँ शैक्षिक सत्रसँग जोड्नुपर्ने, हिमाली र पहाडी क्षेत्रका कोरोना प्रभाव नभएका स्थानहरुमा विद्यालय सञ्चालन गर्नुपर्ने लगायतका सुझाब आएको बताएको केसीले बताए।

उनले सातै प्रदेशबाट आएका सुझाबहरुलाई समेटेर मन्त्रालयले सीएमसीमा प्रस्ताव लैजान लागेको जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .