पोम्पिओले विवादमा भारतको दृष्टिकोणको प्रशंसा गरेका छन् र चीनको मनोवृत्ति आक्रामक रहेको बताएका छन्।
इन्डियन एक्सप्रेसका अनुसार पोम्पिओले विवादको विषयमा भारतका विदेशमन्त्री एस जयशंकरसँग कयौंपटक कुराकानी गरिसकेका छन्।
वासिङ्टनमा पत्रकारसँग कुरागर्दै पोम्पिओले भने,‘मैले भारतका विदेशमन्त्री एस जयशंकरसँग यस विषयमा कुराकानी गरेको छु। चीनले ज्यादै आक्रामक कारवाही गर्यो, भारतले आफ्नो तर्फबाट सक्दो प्रतिकार गर्यो।’
इन्डियन एक्सप्रेसमा गत जुन १५ को भारत–चीन झडपयता पोम्पिओ र जय शंकरबीच तीनपटक फोनवार्ता भएको बताइएको छ।
3
Shares

प्रतिक्रिया