डिजिटल रेमिटेन्समा ख्यातिप्राप्त मनि ट्रान्सफर रेमिटली र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ।
यो सेवा सुरु भएसँगै अमेरिका तथा बेलायत, अस्ट्रेलिया, क्यानडा र युरोपियन देशहरुमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफरमा नगद पैसा पठाउन सकिन्छ। साथै रेमिटलिबाट सिधै इसेवा वालेट पठाउन तथा लोड गर्न, कुनै पनि बैंक खातामा रकम जम्मा सकिनेछ ।
इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवा मार्पmत नेपालमा रेमिट्यान्स् कारोबार गर्दै आएको छ।
अहिलेको विषम परिस्थितिलाई मध्य नजर गर्दै इसे्वाले डिजिटल माध्यमबाट सुरक्षित, समयको बचत, आर्थिक फाइदा हुने किसिमले रेमिट्यान्स् पठाउन सकिने सेवा दिइरहेको छ।
इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु मुख्य उद्देश्य रहेको बताए।

प्रतिक्रिया