राजनीति


पीसीआर परीक्षणलाई तीव्रता दिन आयोगको आग्रह

पीसीआर परीक्षणलाई तीव्रता दिन आयोगको आग्रह

नेपालखबर
असार २१, २०७७ आइतबार ९:२१,

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना बढी संक्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रण गर्न र पीसीआर परीक्षणलाई तीव्रता दिन आग्रह गरेको छ।

आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा काठमाडौं उपत्यका जस्तो घनाबस्ती भएका ठाउँमा समुदायमा कोरोना संक्रमण फैलिएमा स्थिति भयावह हुन सक्नेतर्फ बेलैमा ध्यान पु-याउन र पीसीआर परीक्षणलाई तीव्रता दिई नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारलाई पुनः आग्रह गरिएको छ।

कोभिड–१९ को संक्रमण पछिल्लो समय नेपालमा पनि उच्चस्तरमा फैलँदै गइरहेको अवस्थामा उपत्यकाका ढलहरुमा समेत कोरोनाको भाइरस भेटिएको भन्ने सञ्चारमाध्यममा सार्वजनिक भएकाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

नेपाल बार एसोसिएशन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघसँगको सहकार्यमा देशभर कोभिड–१९ को सन्दर्भमा मानव अधिकार अवस्थाको अनुगमन गरी अनुगमनबाट प्राप्त तथ्यका आधारमा यसअघि पनि पीसीआर परीक्षण बढाउन तथा क्वारेन्टिनहरू व्यवस्थित गर्न पटकपटक सरकारलाई आग्रह गर्दै आएको स्मरण आयोगले विज्ञप्ति मार्फत गराएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad