राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले हठात् संसद अधिवेशन अन्त्य गरिएकोप्रति असन्तुष्टि जनाएका छन्।
शुक्रबार ट्विट गर्दै अध्यक्ष राणाले राष्ट्रपति दलगत र गुटगत साँठगाँठबाट माथि उठ्न नसकेको आरोप पनि लगाएका छन्।
‘संसद अधिवेशन हठात अन्त्य भएसँगै राष्ट्रपतिको पक्षपाती भूमिका सर्वत्र आलोचित छ। संविधानको परिकल्पना विपरीत दलीय र गुटगत राजनीतिक साँठगाँठ पटक–पटक देखा परेको आमसत्य हो’ उनले लेखेका छन्।
राष्ट्रपतिको पक्षपाती भूमिका संविधानको परिकल्पना विपरीत रहेकोले दलभन्दा माथि रहने राष्ट्राध्यक्षको महत्व र सान्दर्भिकता उजागर भएको राणाले दाबी गरेका छन् ।

प्रतिक्रिया