राजनीति


लद्दाख पुगेर मोदीले भनेः विस्तारवाद विश्व शान्तिका लागि खतरा हो

लद्दाख पुगेर मोदीले भनेः विस्तारवाद विश्व शान्तिका लागि खतरा हो

नेपालखबर
असार १९, २०७७ शुक्रबार ९:४४,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको सीमानजिक लद्दाखमा पुगेर सैनिकहरुलाई सम्बोधन गरेका छन्।

सैनिकहरुको मनोबल बढाउने प्रयास गर्दै मोदीले विस्तारवादको युग समाप्त भएको दाबी गरे।

‘विस्तारवादको युग समाप्त भइसक्यो। अबको युग विकासवादको हो। गएको शताब्दीमा विस्तारवादले नै मानव जातिको विनाश गरेको थियो,’ उनले चीनको नाम नलिई भने, ‘अझै पनि विस्तारवादलाई कसैले अपनाउँछ भने त्यो विश्व शान्तिका लागि खतरा बन्छ।’

pm_modi_in_leh.jpg

लेहमा चौधौँ कर्प्सका सैनिकलाई सम्बोधन गर्दै मोदीले भारतीय सेनाको बहादुरीको गुनगान गाए।

जुन १५ मा लद्दाखमा भएको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। ७० भन्दा बढी घाइते भएका थिए। मोदीले घाइतेहरुको उपचार भइरहेको अस्पताल समेत भ्रमण गरे। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad