कैलालीमा भजनी नगरपालिकामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
भजनी – ५ मा म १ च ४९२ नम्बरको जिपले ठक्कर दिँदा भजनी ७ का ५५ वर्षीय राधे लोनियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ।
इलाका प्रहरी कार्यालय भजनीका अनुसार जिपको ठक्करबाट गम्भीर घाइते भएका लोनियाको उपचारका क्रममा भजनी स्वास्थ्यचौकीमा मृत्यु भएको हो। जिप चालक गोदावरी नगरपालिकाका विमल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
3
Shares

प्रतिक्रिया