रुसले अफगानिस्तानका विद्रोहीलाई पैसाको प्रस्ताव गरेर अमेरिकी सेना साथै नेटोमा आवद्ध सेनाहरु मार्न लगाएको अमेरिकी गुप्तचरहरुको निष्कर्ष रहेको न्युयोर्क टाइम्स र वासिङ्टन पोस्टमा जनाइएको थियो।
रुसले यस विषयमा प्रतिक्रिया जनाउँदै आफूमाथि लगाइएको आरोप झुठो भएको बताएको छ। अमेरिकास्थित रुसी दूतावासले आरोप निराधार र तथ्यहिन भएको बताएको हो। दूतावासले यस्ता झुठो खबरले अमेरिकामा रुसी कुटनीतिज्ञमाथि सुरक्षा खतरा बढेको जनाएको छ।
अफगानिस्तानका विद्रोही समूह तालिबानले पनि रुससँग त्यस्तो कुनै सम्झौता नभएको प्रतिक्रिया जनाएको छ।
सन् २०१९ मा अफगानिस्तानमा २० अमेरिकी सेना मारिएका थिए। अमेरिकी अधिकारीहरुले अनुसन्धानपछि एक महिना अगाडि रुस अमेरिकी सेना साथै नेटोमा आवद्ध सेनाको हत्यामा संलग्न भएको निष्कर्ष निकालेको समाचारमा जनाइएको थियो।
समाचारअनुसार अफगानिस्तानका विद्रोहीसँग रुसको साठगाँठ भएको अमेरिकी ठहर छ। रुसले पैसाको प्रस्ताव गरेको खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि बताइएको जनाइएको थियो।
Stop producing #fakenews that provoke life threats, @nytimes.
We demand the relevant #US authorities take effective measures to ensure the fulfillment of their international obligations under the Vienna Convention on Diplomatic Relations of 1961. @StateDept @FBI @DHSgov ⬇️ https://t.co/Ows7srg3IH
बीबीसीका अनुसार ह्वाइट हाउसले भने ट्रम्पलाई रुस र तालिबानको साठगाँठको विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया जनाएको छ। शनिबार राति ह्वाइट हाउसकी प्रेस सचिव केली मकनानीले भनिन्,‘रुसले तालिबानलाई अमेरिकी सेना पैसा प्रस्ताव गरेको भन्ने विषय राष्ट्रपति न र उपराष्ट्रपतिलाई जानकारी गराइएको छ।’
अफगानिस्तानका विद्रोही समूह तालिबान हुन्। हाल उनीहरु शान्ति सम्झौता कार्यान्वयनको पक्षमा भएका बेला पछिल्लो खबर आएको हो।
अमेरिकासँगको सम्झौता अनुसार नै तालिबानले सरकारी सेनाहरु रिहा गरिरहेको छ भने सरकारले तालिबान लडाकु रिहा गरिरहेको छ।
तालिबान समूह र अमेरिकाबीच गत फेब्रुअरी २९ मा शान्ति सम्झौता भएको थियो। सोही शान्ति सम्झौतालाई तालिबान र त्यहाँको सरकारले यतिबेला पछ्याइरहेका हुन्।
उक्त सम्झौतामा अमेरिकाले अफगानिस्तानबाट सेना हटाउने साथै तालिवानले हिंस्रक गतिविधि रोकेर सरकारसँग वार्ता गर्ने उल्लेख गरिएको थियो।
हाल सबै पक्षले सम्झौता पालना गरिरहेको बताइएको छ। यसै समयमा रुसले पैसा प्रस्ताव गरेपछि गतवर्ष अफगानिस्तानको विद्रोही समूहले अमेरिका लगायत नेटोमा आवद्ध सेनाविरुद्ध आक्रमण गरेको खबर आएको हो।
यो पनिः ‘अमेरिकी सेना मार्न रुसद्वारा अफगान विद्रोहीलाई मोटो रकम प्रस्ताव’

प्रतिक्रिया