बाराबाट शनिबार प्रवेश गरेको सलह कीरा नेपालमा एक महिनासम्म रहनसक्ने प्रक्षेपण विज्ञहरुले गरेका छन्।
वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सहल कीरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने प्रक्षेपण विज्ञहरुको छ। वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह १ महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डा. डिल्लीराम शर्माले बताए। ‘वयस्क सलह अण्डा पार्न पाएन भने दुई हप्ता भन्दा बढी बाँच्न सक्दैन्’, उनले भने, ‘उसलाई अण्डा पार्न राजस्थान नै जानुपर्ने हुन्छ। बच्चा सलह बढीमा एक महिनासम्म नेपालमा बाँच्न सक्छ।’
सोमबारसम्म हावाको गति परिवर्तन भएमा दाङ, बाँकेसम्म पुग्न सक्ने सम्भावना रहेको उनले बताए।
८, १० करोडको समूहमा आएर बाली सखाप पार्ने प्रजातिको यो कीरा नेपालमा २, ४ लाखको समूहमा मात्रै आएकाले नियन्त्रण गर्न सकिने उनले बताए। अहिले डराउनै पर्ने अवस्था नभएको उल्लेख गर्दै उनले सरकारले विषादी प्रयोग गरेर र किसानहरुले धुँवा लगाउने, ड्रम बजाएर यसलाई नियन्त्रण गर्न सकिने अवस्था रहेको बताए।
शनिबार भारतबाट नेपालको तराईका जिल्ला हुँदै पहाडी जिल्लाहरुमा समेत प्रवेश गरेको थियो। सहल कीरालाई विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरुको भनाइ छ। साँझ एक ठाउँमा गएर बस्ने र विहान ८, ९ बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकाले बिहान ५, ६ बजेको समयमा विषादी प्रयोग गरी नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरुले बताएका छन्।

प्रतिक्रिया